आँखामा ताल भएर...
डुबेको छु आँखामा ताल भएर।
मायाँ प्रेम सधैं अनिकाल भएर।
जिन्दगानी यहाँ कसरी चलाउँ।
टहरा मा बस्दैछु कङ्गाल भएर।
काँडा को बीउ त आफैं छरेछु।
दौलतको घर भित्र जाल भएर।
मेरो पसिना ले बाँच्न सिकायो।
स्वार्थी दुनियाँको पर्खाल भएर।
म नेपाली मेरो आफ्नै पहिचान।
किन आगो लगायौ पराल भएर।
प्रकाशमणि खनाल
गोल्धाप, झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि