धुलो भगाउन खोज्छु...
जिन्दगी को धुलो भगाउन खोज्छु।
ऐना लाई पुछेर म मेटाउन खोज्छु।
मनमा लागेको चोट निको बनाउन।
मुटुलाई बाहिर मिल्काउन खोज्छु।
उनले छोडे पछि जिन्दगानी आज।
बजार मा राखेर सजाउन खोज्छु।
आफ्नो घर भत्काएर बर्बाद पारेर।
उनको मुटुमा घर बनाउन खोज्छु।
काललाई अवरोध कसरी गर्नु मैले।
जीवनको आयु म बढाउन खोज्छु।
प्रकाशमणि खनाल
झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि