गजल २३५ संगै हुँदाको पल....
म संगै हुँदाको पल बिर्सौं कसरी।
उनीले गरेको छल बिर्सौं कसरी।
गाउँ छोडेर शहर उनी पसे पछि।
उनी बसेको महल बिर्सौं कसरी।
रमाउँन खोज्छु अतित आउँछ।
पिडाका ती गजल बिर्सौं कसरी।
दुःख पिडामा सधैं साथ दिन्छ।
मेरो साथी बोतल बिर्सौं कसरी।
मानिस ढाँट्ने नै आज पेशा भो।
यी दादा गिरी दल बिर्सौं कसरी।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि