याद गर्छ अक्सर उसलाई ...

हेरी रहन्छ यो खामोसी नजर उसलाई।
फाटेको मन याद गर्छ अक्सर उसलाई।

जति चोट दिएपनि घृणा गरेपनि मलाई।
मुटु दुख्छ चोट लाग्दा लस्कर उसलाई।

गाउँबस्ती मा फूलहरू वास्ता गरिनन्।
शहरमा चाहिन्छ खुब अत्तर उसलाई।

मायाँ नै समाप्त भो जिन्दगानी गरिबीले।
ईश्वर धनी हुने सपना छ रहर उसलाई।

समयले तन संगै जिन्दगानी मेटिदिन्छ।
जीवन बन्नेछ थाहा छैन बगर उसलाई।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ