आँधीबेहरी संग डर लाग्दैन..

मलाई आँधीबेहरी संग डर लाग्दैन।
उनीले दिएको जहर जहर लाग्दैन।

जब देखि मायाँमा म परेदेखि मित्र।
उनी बाहेक कसैको नै भर लाग्दैन।

यो मायाँको अभाव यदि भयो भने।
बञ्जर लाग्छ यो जीवन घर लाग्दैन।

मेरो कथा नजिकबाट पढे भनेपनि।
यो जीवन कसैलाई सुन्दर लाग्दैन।

समय ले ढाक्यो भने सारा प्रकाश।
तिमीलाई केहि पनि अमर लाग्दैन।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ