ठेला भएपछि आउँछु ...

मेरो हत्केला मा ठेला भएपछि आउँछु।
जीवन ढले पछि बेला भएपछि आउँछु।

निष्ठुरीले आज पनि भन्दैछिन् मलाई।
यहाँ जवानीको मेला भएपछि आउँछु।

मलाई छोडेपछि खुशी छैनौ तिमी हो।
तिमी समाजमा हेला भएपछि आउँछु।

आँसुले बगाएर मेरो भाग्य खसेको छ।
दुईटा उदाङ्गो परेला भएपछि आउँछु।

सपनामा पनि ईश्वर भन्दैछन् मलाई।
मसान घाटमा भेला भएपछि आउँछु।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ