नेपाली खोज्दैछु...

आजकाल राष्ट्रप्रेमी नेपाली खोज्दैछु।
हो गन्तव्य पुग्न लाई सवारी खोज्दैछु।

धर्म बिना देशलाई अब धान्न गाह्रो छ।
नेताहरुमा देशभक्त पुजारी खोज्दैछु।

खेत बारी जताततै अनाज फलाएर।
झुपडीमा भरिएको भकारी खोज्दैछु।

कर्णालीमा आज पनि उपचार नपाई।
तड्पीएको असक्त बिमारी खोज्दैछु।

सूर्यको प्रकाश ले, तड्पीदै छु आज।
कहाँ छ शितलता. छहारी खोज्दैछु।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ