भाग्य फुटेको पुर्पुरो भो...

जति सर्छु गन्तव्य उति चुचुरो भो।
ईश्वर मेरो भाग्य फुटेको पुर्पुरो भो।

जीवन का पाना छरपस्ट भएपछि।
मायाँ को कथा बिचमा अधुरो भो।

मुटुमा बसेपछि न्यानो भएर उनी।
प्रहार गरेर उन्ले जीवन बबुरो भो।

विरोजगार जीवन दाउरा घाँसमा।
जिन्दगानी मेरो कुम्लो कुटुरो भो।

मेरो कुरा बुझ्ने नभएर आजकल।
आफन्त भएपनि जीवन टुहुरो भो।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ