विराजमान भएर...

मेरो छातीमा तिमी विराजमान भएर।
तिखो चलाउँछ्यौ छुरी जवान भएर।

सपनीमा आउँथ्यौ सताएर जान्थ्यौ।
हो आज प्रत्यक्ष आयौ विज्ञान भएर।

सांसारिक भोगलाई छोड्दैछ जीवन।
यहाँ जन्मेपछि मर्नै पर्ने विधान भएर।

रिसरागले मान्छेलाई कहाँ पुर्याउँछ।
के लाने साथमा तिमी, मसान भएर।

भौतिक मन शरीरको कहानी बुझेर।
सोच्ने हो कि ब्रह्मज्ञानी महान भएर।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ