थकाई मारेको पल देखिन...
उसले थकाई मारेको पल देखिन।
दैव उसले बनाएको महल देखिन।
पिडा पोख्न सायद उ भट्टी गएन।
गजल रैछ हातमा बोतल देखिन।
कागज मा मात्रै रह्यो नयाँ नेपाल।
देश बनाउने उत्कृष्ट दल देखिन।
भन्छन् यहाँ मन संगै तन बेचिन्छ।
रत्नपार्क कतै पनि पसल देखिन।
हिजो अस्ति सम्म रमाउने चेली।
अहिले आँखामा गाजल देखिन।
प्रकाशमणि खनाल
झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि