कहिल्यै बलेसी ओभानो भएन ...
कहिल्यै बलेसी ओभानो भएन।
देखिन्छ आकाश, छानो भएन।
छातीमा बस्ने नै छोडेर जाँदा।
चिसो भयो हृदय न्यानो भएन।
चोटले सारा शरिर नै भरियो।
प्रहार गर्ने ठाउँ अचानो भएन।
मेरै घरको पहिचान सोधियो।
घरमा बाढी पैरो सानो भएन।
आँखाको प्रकाश जब हरायो।
घोप्टियो तन .उत्तानो भएन।
प्रकाशमणि खनाल
झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि