शरीरको सबथोक देखाउनु हुँदैन...

तिम्रो घमण्ड र झोक देखाउनु हुँदैन।
हो शरीरको सबथोक देखाउनु हुँदैन।

बिकटमा वस्त्र पनि अपुग भएको छ।
त्यहाँ गएर छोप भोक देखाउनु हुँदैन।

द्वन्द्व पिडित आमाको नजर रसायो।
सन्तान लडेको चोक देखाउनु हुँदैन।

भगवान हाँस्न सक्छन् जीवन देखेर।
केही गर अरु विजोग देखाउनु हुँदैन।

प्रेमिकाले छोडी भनेर पागल बन्दैछ।
नगर्नु जीवनमा शोक देखाउनु हुँदैन।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ