मेरो सधैं टक्कर भएर...
जिन्दगी देखि सधैं टक्कर भएर।
कठोर भएको छु म पत्थर भएर।
यो मरुभूमिमा अब पानी पर्दैन।
मेरो भाग्य पुर्पुरो नै बञ्जर भएर।
एक्लो बुढा यो चौतारी पुगेछन्।
को आयो पुन उनको भर भएर।
मान्छे पनि शान्ति खोज्दै छन्।
अत्याधुनिक महल जहर भएर।
गंगामा नुहाउँथें निर्मल पानीमा।
आज मन सुकेको छ बगर भएर।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि