गजल-जवानी गुफामा राखियो....

फेरी जवानी यो गुफामा राखियो।
राती मलाई त्यै छुरामा राखियो।

दोषी छुटाईयो निर्दोषी जेलमा।
राती उसैलाई थुनामा राखियो।

प्यारो जवानी बेइमानी खेलमा।
याँ सम्झना मेरो जुवामा राखियो।

ब्यापार खुबै आयो लगानी सेलमा।
सुन्दर बनायो है लुगामा राखियो।

मायाँ गरेकोले भएको हार यो।
मेरो दिवानापन चितामा राखियो।
-(बहरे रजज मुसद्दस)

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.

टिप्पणियाँ