मुटु मैले प्रियालाई दिएर..

जिन्दगानी पुरै मैले पिडालाई दिएर।
बाँचेको छु मुटु मैले प्रियालाई दिएर।

कति गर्छिन् उनी खै रुपको घमण्ड।
जानु पर्छ एक दिन चितालाई दिएर।

अरु संगै उनले जीवन बिताए पछि।
दर्द सहें मन व्यर्थै व्यथा लाई दिएर।

यथार्थमा बाँच्नु पर्दो रहेछ जीवन।
गाह्रो भो जीवन भावनालाई दिएर।

आफैं जलेर मैनबत्ती बनेर प्रकाश।
हुदैछु खुशी दर्द आत्मा लाई दिएर।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ