अतित फर्किदै छ मेरो..
यो आँखामा शीत फर्किदैछ मेरो।
पिडा दिन अतीत फर्किदैछ मेरो।
मितेरी साईनो गाँसेछु मृत्यु संग।
जीवन लिन मित फर्किदैछ मेरो।
निको भएको ठाउँ घाउ बनाउन।
मन मा विरह गीत फर्किदैछ मेरो।
ईश्वर मै बिलाउँछ सारा संसार।
जिन्दगी को रित फर्किदैछ मेरो।
प्रकाश हटाई अँध्यारो बनाउँदै।
किन, अपरिचित फर्किदैछ मेरो।
प्रकाशमणि खनाल
गोल्धाप, झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि