गजल २४३ जिन्दगी बेहाल हुँदैछ...
अचानक जिन्दगी बेहाल हुँदैछ।
दुःख अनि पिडा बिशाल हुँदैछ।
तिम्रो चिनोलाई म के गर्नु अब।
समाज बाट खुब सवाल हुँदैछ।
खुशीयाली सधैं टिक्दै टिक्दैन।
मेरो हाँसो खहरेको छाल हुँदैछ।
वर्षा ऋतु पनि कयौं गई सक्यो।
सधैं हेर्ने नजर फेवाताल हुँदैछ।
मायाँ बिनाको एकान्त जीवन।
एक्लै हुन सायद कंगाल हुँदैछ।
प्रकाशमणि खनाल
गोल्धाप-४, झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि