गजल २४२ जवानी खपत गरायो .....

मलाई आउँछु भनेर अवगत गरायो।
अनि आएर मनलाई सहमत गरायो।

फुलेको जिन्दगानी सुम्पिदिए पछि।
उसले मेरो जवानी नै खपत गरायो।

आज मायाँलाई म खोजिरहेको छु।
आनन्द र खुशीलाई जफत गरायो।

खहरेमा हुत्यायो र झार्यो जिन्दगी।
उसले यी घटना बेलाबखत गरायो।

मेरो प्रकाश खै कसरी ढाकिएछ त।
जिन्दगी अँध्यारो हकिकत गरायो।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ