गजल २४० बिस्कुन मैले भेटें त्यहीँ.....
सुकाउँदैथिन् बिस्कुन मैले भेटें त्यहीँ।
बहुत चम्किएको जुन मैले भेटें त्यहीँ।
पाउजुको छम छम चुराको खन खन।
खुब सुन्दर मिठो धुन मैले भेटें त्यहीँ।
धेरै धेरै गलेपछि मुटु चल्न छोडेपछि।
मेरो छाती चल्ने खुन मैले भेटें त्यहीँ।
कठ्याङ्ग्रिने यो मन न्यानो बनाउँछु।
यो शिशिर छल्ने ऊन मैले भेटें त्यहीँ।
नजर जुधि गयो त्यहीँ साँझ परिगयो।
चरम उत्कर्ष हनीमून मैले भेटें त्यहीँ।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि