गजल २३९ हृदयमा पत्थर भएर
पिडा हुन्छ हृदयमा पत्थर भएर।
उनी लाई न पाउने खप्पर भएर।
खोज्दैछु म वसन्त अनि वर्षात।
जिन्दगानी मरुभूमि बञ्जर भएर।
आउन मन लाग्छ अति नजिक।
खोला तिम्रो छेउको बगर भएर।
मैनबत्ती न बनाउ पत्थर बनाउ।
मन भन्छ आज यो निडर भएर।
फैलिँदै छ होला तिम्रो प्रकाश।
जीवनमा उज्यालो शहर भएर।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि