गजल१३८ राती ऐठन भएर.....
गाउँ बेसीको यादमा मन बगेर।
झस्किन्छु म राती ऐठन भएर।
तड्पिनुको मजा पनि बेग्लै छ।
उनको यादमा कठिनाइ सहेर।
कति तड्पिए त मदन भोटमा।
समयले छोड्यो जीवन लगेर।
कर्म गर्नु पर्छ संघर्ष हो जीवन।
अवसर मेटिँदैन सायद झरेर।
आउँदैन प्रकाश अब कोठिमा।
अन्धकार हटाउँछु यहाँ भनेर।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि