गजल१३८ राती ऐठन भएर.....

गाउँ बेसीको यादमा मन बगेर।
झस्किन्छु म राती ऐठन भएर।

तड्पिनुको मजा पनि बेग्लै छ।
उनको यादमा कठिनाइ सहेर।

कति तड्पिए त मदन भोटमा।
समयले छोड्यो जीवन लगेर।

कर्म गर्नु पर्छ संघर्ष हो जीवन।
अवसर मेटिँदैन सायद झरेर।

आउँदैन प्रकाश अब कोठिमा।
अन्धकार हटाउँछु यहाँ भनेर।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ