गजल १३७ महसुस हुँदैछ हल्का...
मलाई दुःखी बनाएर खुश हुँदैछ हल्का।
जीवनमा पिडाको महसुस हुँदैछ हल्का।
धान फलाएर विदेशीले चामल बनायो।
आज युवा मुग्लानमा भुस हुँदैछ हल्का।
आकर्षित गरेपछि छाती भित्र बसे पछि।
उनको बोली वचन मा तुष हुँदैछ हल्का।
जवानी उमेर ढल्केर मृत्यु वरण गरेर।
अधिक सुन्दर शरीर कुश हुँदैछ हल्का।
डुब्यो सूर्यको प्रकाश सोभियत संघमा।
मलाई लाग्छ नेपाल, रुस हुँदैछ हल्का।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि