गजल २३३ आँखा रसाएछ अलिकति
तिम्रो संझना आएछ अलिकति।
आँखा पनि रसाएछ अलिकति।
आउँदा तिमीलाई भेट्नु पर्थ्यो।
कसैले बार लगाएछ अलिकति।
तिमीलाई लुकाउँन भनेर फेरि।
मुटुले ठाउँ बनाएछ अलिकति।
हृदयको घाउ म किन देखाउँनु।
कसैले नुन सुकाएछ अलिकति।
बन्द कोठामा थोरै किरण पनि।
खै प्रकाश लुकाएछ अलिकति।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि