गजल२३४ तिम्रो अधर बाट.....

नजर जुधाई मिठो असर बाट।
नशा चढ्दैछ तिम्रो अधर बाट।

खुब मख्ख भएँ पहिलो भेटमा।
हटाउँदिन नजर कम्मर बाट।

कसरी बन्छ नी सुन्दर गजल।
सौन्दर्य भरेर होला बगर बाट।

मैले दिएको चिनो न हराउ है।
तिम्रो याद गर्दैछु म शहर बाट।

यो प्रेम पत्रमा मेरो जीवनी छ।
के बुझेउ सानु यी अक्षर बाट।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ