गजल २३२ शालिक हेरेर तर्सिन्छ...
छोरा लडेको ठाउँ देखेर तर्सिन्छ।
बाबा देशको माटो टिपेर तर्सिन्छ।
कसको हार कसको जीत भयोत।
छोराको नै शालिक हेरेर तर्सिन्छ।
छट्पटिन्छन् नेता महलमा बसेर।
गरिब झुप्रामा जुन पसेर तर्सिन्छ।
अपराधी तेजाव छ्यापेर भाग्छन्।
कहिले यी सजायँ पाएर तर्सिन्छ?
भिडमा चेलीको ईज्जत लुटियो।
जनता बलत्कारी भेटेर तर्सिन्छ।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि