गजल२३१ संस्कारित कुल भएन भने

मानव जीव संस्कारित कुल भएन भने।
मलेरिया को त्रास हुन्छ झुल भएन भने।

तिम्रो मायाँ हृदय को महलमा बसेपछि।
ल! के गर्छौ काँडा भयो फूल भएन भने।

जीवको प्यास मेट्ने आत्मा शान्त पार्ने।
विचार गर तलाउ सुक्छ मुल भएन भने।

लमीले देखाउँछ अनि विवाह गराउँछ।
दम्पती नै खुशी हुन्छन् भूल भएन भने।

बारम्बार नपाईने सुन्दर जिन्दगीलाई।
कसरी तार्ने वेदान्तको पुल भएन भने।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ