गजल २३० उसको शालिक बनाउँछन्
युवाहरू राजनिति मा अधिक बनाउँछन्।
भट्टी अनि बोतल संग नजिक बनाउँछन्।
हिजो ढलेको थियो सडकको बिचमा उ।
पक्कैपनि अब उसको शालिक बनाउँछन्।
तिमीले यहाँ अपराध यदि गर्यौं भने मित्र।
तिम्रो गल्तीलाई नेताले ठिक बनाउँछन्।
हेरत पठन पाठनमा खुब बञ्चित गराउँदै।
नाबालकलाई युद्धमा बालिक बनाउँछन्।
सत्तामा पुगे भने हालिमुहाली बाट पनि।
कुनै दल व्यक्ति लाई मालिक बनाउँछन्।
प्रकाशमणि खनाल (मणि)
गोल्धाप-४,झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि