गजल २२८, अजनवी हृदयमा...

मलाई नसोधी फैसला गरेको छ।
अजनबी हृदयमा मेरो बसेको छ।

हो भुमिमा यहाँ कुनै तारा झर्दैन।
तरपनि जुनको मायाँमा परेको छ।

जीवन यो कसरी अर्थ लगाउनु।
चराचर भुमि मायाँमा अडेको छ।

जीवन मायाँ बिना पुरै अपुर्ण छ।
कसरी संसार अगाडि बढेको छ।

हृदयले मायाँमा संसार देखेपछि।
शरीर देखि मुटु अलग भएको छ।

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.

टिप्पणियाँ