गजल२२६, हैसियत बनाउनु...
तिमीले सम्मान हैसियत बनाउनु।
विसंगति हटाउने ताकत बनाउनु।
यस्तै यस्तै भन्छ खुब मेरो मनले।
बेईज्जत नगरेर इज्जत बनाउनु।
जीवनको अँध्यारो सारा हटाएर।
हैसियत देखाउने आदत बनाउनु।
सोच्दैछु जिन्दगी कहाँ सम्म पुग्छ।
मैले कसरी फर्केर बिगत बनाउनु।
अन्धकार भित्र प्रकाश खोज्दैछु।
सक्छन मेरो भाव गलत बनाउनु।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि