गजल२२५, तमोगुण दिमाग हटाउँछ...

तमोगुण आई जब दिमाग हटाउँछ।
वासनाले दुःख दिदैं तन तताउँछ।

यो जिन्दगी कस्तो अचम्मको छ।
आँफैलाई बिर्सिई मायाँ लगाउँछ।

जन्मे पछि मर्नु साश्वत नियम हो।
जीवले किन अमर पल सजाउँछ।

बिगतका मेरा फेरि कयौं पलहरु।
कसलाई थाहा छ कसरी आउँछ।

पल पल मन मेरो अस्थिर हुँदैछ।
याँ आफ्नै कुदेको मणि देखाउँछ।

प्रकाशाणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ