गजल२२९, चिना देखाएर...
चिनालाई देखाएर भाग्य आउने भए।
किन गर्नु कर्म यहाँ दौलत पाउने भए।
कति गर्नुहुन्छ अत्याचार हत्या हिंसा।
मुटु छाम्नु हजुर यो मायाँ लाउने भए।
गरीबको आकाश छानो किन सोच्नु।
धनी बन्नु हुन्छ विद्यालय धाउने भए।
मेहनत र आत्मविश्वासले देश बन्छ।
कर्म प्यारो ठान्नु तक्दिर बनाउने भए।
जे छ तपाईं संग सन्तुष्ट हुने हो भने।
आउनुस् मेरो प्रकाशमा रमाउने भए।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि