गजल२२४, निकाली रहें...

निकाली रहें उनले गाडेको खिललाई।
रातभर सिलाई रहें फाटेको दिललाई।

आँसुको खोलामा बालुवाको घरभित्र।
भित्र्याउन नै सकिन रङ्गीन झिललाई।

घाउ दुखे पछि पिडा भए पछि मुटुमा।
देख्छु सधैं त्यो अनुहारको तिललाई।

उनीलाई जस्तै यो रोक्न खोजें आँसु।
अनि कसरी भेट्नु मेरो मन्जील लाई।

उडाएर फ्याँकि दियो उसले जिन्दगी।
फेरि कसरी भेट्नु आकाशे चिललाई।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ