गजल२२३, आकाश ओढेर बिताएँ...
तिमी सुतेर बितायौ मैले रोएर बिताएँ।
भुमि ओछ्याई आकाश ओढेर बिताएँ।
पत्थर पग्लेन कहिल्यै मुटु फुटेर गयो।
रातभर यी पत्थर मैले जोखेर बिताएँ।
तस्वीर उडाएपछि नै उडायो जिन्दगी।
तिमी लुकेर बसेको पल खोजेर बिताएँ।
नदि जस्तै शान्त म खहरे झै उर्लन्छु।
हो अविस्मरणीय समय भोगेर बिताएँ।
तिम्रो त्यो दरबार उज्यालो हेर्न लाई।
घोर अँध्यारोमा प्रकाश छोपेर बिताएँ।
@प्रकाशमणि खनाल
गोल्धाप, झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि