गजल२२२, राहदानी लिएर....
गहभरि गण्डकी को पानी लिएर।
कमाउन जाँदैछ राहदानी लिएर।
अर्द्धाङ्गिनी शरिर अलग बनायो।
मुग्लान जाँदैछ उ जवानी लिएर।
हाँस्ने ओठ किन हो बन्द भएछ।
बाकस आउँदैछ निशानी लिएर।
बाउ दागबत्ति दिन्छ हे भगवान।
सोच्दैछ छोराको खरानी लिएर।
विदेशमा लगाएको कयौं लगानी।
को आउँछ भनन लगानी लिएर।
प्रकाशमणि खनाल
गोल्धाप-४, झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि