गजल२२१, रहिरहन्छ जिन्दगीमा...
न मेटिने अमिट छाप निशानी बनेर।
रहिरहन्छ जिन्दगीमा कहानी बनेर।
जसलाई राख्छु म आफ्नै आँखामा।
आँसु निस्किन्छ नदी झै पानी बनेर।
जवानी लुकि सक्यो आयु ढलेपछि।
जीवन खिईदैछ आफैं मदानी बनेर।
बुढेस काल लागे पनि यो जीवनमा।
आजकाल मन फुल्छ जवानी बनेर।
मेरो मणि खोस्न किन आई रहन्छौ।
घामपानी हावा जस्तै बेइमानी बनेर।
@प्रकाशमणि खनाल
गोल्धाप, झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि