गजल२१५, ईन्तजार गर्दैछु...

ईन्तजार गर्दैछु उदास भएर।
उन्को जीवनमा खास भएर।

रमाईलो कुरा गर्छु उनी संग।
कहिलेकाहीँ, बदमास भएर।

जब हुन्न खबर कुनै पत्र पनि।
बिहोसी हुन्छु म लाश भएर।

जिन्दगी बिताउँछु उनी संगै।
बस्छु बरु उनको दास भएर।

उनी संगै भए मेरो जिन्दगी।
खुशी म दिन्छु प्रकाश भएर।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ