गजल२१३ युवा यो विमानमा छ...

सपना देखेको युवा यो बिमानमा छ।
राहदानी एक्लै उ छुट्टै बाकसमा छ।

छोराको दागबत्ति यो बाउले दिदैछ।
तिम्रो लीला ईश्वर आज घाटमा छ।

सपना को महलमा आगो लागेपछि।
जलेको खरानी आमाको हातमा छ।

भाग्यले ठग्यो कि देशको अवस्था।
लु भनत उसको को को साथमा छ।

प्रकाश हटेपछि दाइने हात हराएर।
जहान उसको अन्धकार रातमा छ।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ