गजल२१७, चोट निको भएपछि ...

चोट निको भएपछि खाटो आउँछ।
आँखाको ताल भित्र माटो आउँछ।

सोचि रहन्छु कहिले आउला दिन।
कुनै दिन स्वदेश पुग्ने बाटो आउँछ।

साग सिस्नु खान्छु बरु मन घरमा।
मेहनतले कतै बाट, आटो आउँछ।

मत भन्छु केही गर्नु स्वदेशमै काम।
मुग्लान मा घरिघरि लाटो आउँछ।

दौलत सम्पत्तिले आजको युगमा।
आफन्त मा नै प्राय फाटो आउँछ।

@प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ