गजल२२० नयाँ वर्षको कामना...
हृदय न जलाउ बिदाईले अब।
नयाँ सोच राख्नु तपाईले अब।
नयाँ वर्षको हजुरलाई कामना।
पुर्ण गर्नु हुन्छ, ,भवानीले अब।
सुन्दर जीवन बिताउँ रमाउँदै।
हो फेरि दिदैन जवानीले अब।
नयाँ वर्ष जिन्दगी जागरणले।
दिन्छ खुशी नै बिहानीले अब।
अन्धकार हटाउँछ प्रकाशले।
आफ्नै मेहनत लगानीले अब।
@प्रकाशमणि खनाल
झापा.
नयाँ वर्ष ईस्वी सम्वत 2014 यहाँहरुमा हार्दिक शुभकामना....।
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि