गजल२१८, हेला तिमी खुब गर्छ्यौ....
हेला तिमी खुब गर्छौ तड्पाएको मान्छेलाई।
प्रेमिकाको पिडा बिछोड उठाएको मान्छेलाई।
व्यर्थ नै हो प्रेमीलाई तिमीले खिल्ली उडाउनु।
सम्मान गरौं भगवान ले बनाएको मान्छे लाई।
उच निच कोही हुन्न जसको पनि रगत रातो।
किन होला कुसंस्कृति लगाएको मान्छेलाई।
झुपडी मा दुखि हुने या महल मा खुशी हुने।
घाट लान्छन् जब मर्छ सजाएको मान्छेलाई।
प्रकाश पनि हराउँछ अँध्यारो मा बिलाउँछ।
लिन आउँछ काल नै, लुकाएको मान्छेलाई।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि