गजल२१४ , दिल छ उनी संग ....

मेरो आफ्नै दिल छ उनी संग।
पिडा दिने खिल छ उनी संग।

कसरी ल्याउनु मेरो जिन्दगी।
उडीरहेको चील छ उनी संग।

छेउमा पर्दा लड्छु होला कि।
हिमालको डिल छ उनी संग।

आफु लाई खर्चले अपुग भो।
हो ऋणको बील छ उनी संग।

बुझ्न खोज्दैछु म आजकाल।
आँसु टिल पिल छ उनी संग।

@प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ