गजल२१६,मान्छे धेरै हैरान भेटेको छु....

मान्छे थोरै खुशी धेरै हैरान भेटेको छु।
टाढाबाट हेर्दा उसको शान भेटेको छु।

छैन यहाँ सुख शान्ति ,मानिसहरुमा।
दौलत मा दौडधुप विज्ञान भेटेकोछु।

दिक्क लाग्छ देशको अवस्था देखेर।
जताततै विदेश मा जवान भेटेको छु।

कोही मान्छे हुन्छ यो गाउँ समाजमा।
अरुकै लागि बाँच्ने विद्वान भेटेकोछु।

उमेर ढल्दै गएकोछ रहनेछ सम्झना।
आजपनि मैले फेरि बिहान भेटेकोछु।

@प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ