गजल२१२, पागल हुन्छ मन...
तिमीलाई न देख्दा पागल हुन्छ मन।
पराया संग देख्दा हलचल हुन्छ मन।
मन लाई खुशी कसरी बनाउनु मैले।
रातदिन बर्षात को बादल हुन्छ मन।
मनमा कुराहरु अनेकौं खेल्छ राति।
एक्लै बसेर होला ढलपल हुन्छ मन।
उनी बिना दुखेको छ हृदयको घाउ।
उनीलाई भेटेपछि शीतल हुन्छ मन।
सबैको नजरमा खुला किताब मेरो।
पिडाले चिच्याउने गजल हुन्छ मन।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि