गजल२११, मेरो मुटुको चोट...

मेरो मुटुको चोट खोतल्न नखोज।
तन मनलाई तिमी बदल्न नखोज।

न आउनु है मेरो जिन्दगीमा तिमी।
मरुभूमि को रापमा जल्न नखोज।

जिन्दगानी फुलेको हरेक वसन्त।
वास्तविक जीवन, छल्न नखोज।

धेरै हिँड्नु छ जीव गन्तब्यमा पुग्न।
जीवन बाटोमा अब गल्न नखोज।

प्रकाश हुँ उज्यालो सधैँ दिन्छु म।
दियो जस्तो आफैं बल्न नखोज।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ