गजल२१९, म चुरोट सक्काउँछु....

जब म चुरोट सल्काउँछु।
चाडै म जीवन निभाउँछु।

थाहा छ, मेरो कुलत हो।
तर म दर्दलाई उडाउँछु।

एक्लो छु जिन्दगीमा म।
यसैगरी, पिडा भगाउँछु।

काल आएपछि आयुमा।
नभन्नु ,जीवन लुकाउँछु।

ब्रह्माण्डको पनि आयु छ।
व्यर्थै म, प्रकाश बनाउँछु।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ