गजल२१०, आँखामा मेरो प्यार...
कसैको आँखामा मेरो प्यार भैदिए।
बज्थें सधैं मिठो धुन सितार भैदिए।
हो जीवनको यात्रा उनी संगै गर्थे म।
उनी पाउने कास मेरो निधार भैदिए।
खुशीयाली दिन्थें म डुबेर दुःखमा।
मेटिदिन्थें भोक खुद सिकार भैदिए।
वाचा सबै खेर गयो जब छोडे पछि।
त्यतिखेर, सात्विक विचार भैदिए।
मेरो प्रेमले प्रकाश देखाउने थियो।
हाम्रो जिन्दगी एउटै किनार भैदिए।
प्रकाशमणि खनाल
गोल्धाप, झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि