२०९ गजल, आँसुले मलाई सोधिरहेछ...
आज आँसुले मलाई सोधिरहेछ।
आँखाले किन मलाई झारिरहेछ।।
तिम्रो पिडामा म किन बगिरहनु।
आँसु बारम्बार मलाई भनिरहेछ।।
हो मैले उसलाई बोलाएको छैन।
मायाँको याद गर्दा उ तड्पीरहेछ।।
निठुरी को प्रहार सहँदा सहँदै म।
त्यही भएर आँखाबाट बगिरहेछ।।
कसरी बुझाउँ उनलाई सम्झाउँ।
अन्धकारमा प्रकाश हराईरहेछ।।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि