गजल २०८, मायाँको समुन्द्र थियो ....
मायाँको समुन्द्र थियो लुकेर फर्कें।
म प्यासी उन्को नजीक पुगेर फर्कें।
उनी बस्ने ठाउँमा चर्कोघाम थियो।
नजीकमा पुगे पछि मुटु भुटेर फर्कें।
आँसु बाट बनेको पोखरीमा पुगेंछु।
थाहा नपाई भगवान नुहाएर फर्कें।
पिडा सुने पछि त्यहाँ गले पछि म।
आज उनको पिडाले जलेर फर्कें।
मलाई थाहा छ मरे पछि आईदैन।
तर त्यहाँ बाट साक्षात मरेर फर्कें।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि