गजल२०५, प्यार दिन्छ कोही ...
प्रहार गरेपछि यहाँ प्यार दिन्छ कोही।
बाँचेमा मृत्युको समचार दिन्छ कोही।
कोही बाँच्छ अरुका लागि यो भुमिमा।
तड्पाउदै पिडा बारम्बार दिन्छ कोही।
अरुको भाग्य यहाँ खोसी खाने भेटें।
तर खुशी साथमा निधार दिन्छ कोही।
गरिबीको चामल खोस्ने गर्छ मानिस।
खुब अन्न भण्डार बजार दिन्छ कोही।
मैले देखें तेजावले अनुहार बिगार्छन्।
कुरुपलाई राम्रो अनुहार दिन्छ कोही।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि