गजल२०६, चाड पर्व को पल
जब देशमा चाडपर्वको पल आउँछ।
तब आँखामा कालो बादल आउँछ।
साथीभाई स्वदेश जान्छन् रमाउँदै।
मेरो मुटु मा पिडाको गजल आउँछ।
टाढा भए पनि देश आफ्नै हृदय मा।
निधारमा टिका पुष्प कमल आउँछ।
तिहारमा बहिनीको टिका मालाले।
अवश्य जीवनमा आयुबल आउँछ।
जे जस्तो भए पनि मनाऔं है चाड।
घर लक्ष्मीमाता शुभ मंगल आउँछ।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि